टिकौली दुर्घटना अपडेट : ८ सवारी साधन ठोक्किदाँ, २० जना घाइते

काठमाडौं । पूर्व-पश्चिम राजमार्गस्थित टिकौली जंगलमा ८ वटा सवारी साधन एक-अर्कासँग ठोक्किँदा २० जना घाइते भएका छन्।

भरतपुरबाट पूर्वतर्फ जाँदै गरेको कलेज बसले विपरीत दिशाबाट आउँदै गरेको शव वाहन, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको हो।

नवलपुरको गैंडाकोटस्थित अक्सफोर्ड कलेजको ना १ क ६१३१ नम्बरको बसले विपरीत दिशाबाट शव बोकेर देवघाट आउँदै गरेको ना २ च ८४४६ नम्बरको को बलेरो, बा।प्र।०६-००१प ९९८१, बा.प्र.०३-००५ प ९७, ना६२ प ६०३२, बा.प्र.०३-००१ प ४१४७ नम्बरका मोटरसाइकल, बा.प्र.०६-००१प २२९४ र ब.प्र.०३-००२प ४१९८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

सबै सवारी साधनहरू एक आपसमा ठक्कर खाँदा २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए। घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर छ। उनीहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।

अन्य घाइते ५ जनाको भरतपुर अस्पताल, ७ जनाको पुरानो मेडिकल कलेजमा र एक जनाको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ।

र यो पनि

चितवन टिकौलीको जंगलमा भयानक दुर्घटना, एक–आपसमा ठोक्किए ८ वटा सवारीसाधन