चितवन टिकौलीको जंगलमा भयानक दुर्घटना, एक–आपसमा ठोक्किए ८ वटा सवारीसाधन

काठमाडौं । भरतपुर महानगर र रत्ननगर नगरपालिकाबीच पर्ने टिकौली जंगलमा भयानक सवारी दुर्घटना भएको छ ।

महेन्द्र राजमार्गअन्तर्गत पर्ने उक्त सडकखण्डमा अक्स्फोर्ड कलेजको बस, शव बोकेको गाडी, स्कुटर, बलोरो र मोटरसाइकल एक-आपसमा ठोक्किएको हो । दुर्घटनामा १० जना घाइते भएको र संख्या अझै बढ्न सक्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरी भर्खरै घटनास्थल पुगेको छ ।