६ अर्ब २३ करोडको आन्तरिक ऋण नवीकरण गरिँदै

काठमाडौं । सरकारले ६ अर्ब २३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ ।

९१ दिनको ४ अर्ब २३ करोड र ३६४ दिनको २ अर्ब रूपैयाँ आन्तरिक ऋण नवीकरण गर्न लागिएको हो । राष्ट्र बैंकका अनुसार मंगलबार नवीकरण हुने ट्रेजरीको सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले तोकिएको समयभित्र आवेदन दिन सक्नेछन् । ट्रेजरीको बोलकबोल सोमबार दिउँसो ३ बजे र जारी भदौ ५ गते हुनेछ ।