प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

प्रधानमन्त्रीले बोलाएको बैठकमा दलहरूबीच कुरा नमिलेपछि आज १ बजेका लागि बोलाएको बैठक बस्दै नबसी स्थगित भएको हो । प्रधानमन्त्रीले बैठक दुई दिन सार्न सभामुख देवराज घिमिरेसमक्ष अनुरोध गरेको सभामुखनिकट स्रोतले बतायो ।

सर्वदलीय बैठक सकारात्मक भएको भन्दै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सभामुखलाई बैठकमा भएको छलफल सभामुखलाई जानकारी गराएका थिए ।

संसद सचिवालयको महासचिव भरतराज गौतमले एक सूचना जारी गर्दै मंगलबार ३ बजे बस्ने जनाइएको छ ।

संसदको अवरोध हटाउन प्रधानमन्त्रीले बोलाएको राष्ट्रिय मान्यता प्राप्त दलहरूबीचको सिंहदरबार छलफलमा पनि कुनै सहमति भएन । सुन प्रकरणमा एमालेले उच्चस्तरीय छानबिन समितिको अडान काममै राखेपछि भोलि फेरि बस्नेगरी आजको बैठक सकिएको छ ।

एमालेले साउन १० गतेबाट निरन्तर संसद अवरोध गर्दै आइरहेको छ ।