कोशीका मुख्यमन्त्रीले पाएको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट हाल्ने तयारीमा एमाले

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार पाएको विवादस्पद विश्वासको मतविरुद्ध एमालेले सर्वोच्चमा रिट हाल्ने तयारी गरेको छ।

प्रदेशसभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीले समेत मत दिएर प्रदेशसभामा थापाले सरकार टिकाउन चाहिने न्युनतम ४७ मत पाएको घोषणा गरिएको थियो।

उक्त विवादस्पद विश्वासको मत खारेजीको माग गर्दै आफूहरु रिट लिएर सर्वोच्च अदालत जाने तयारीमा जुटेको प्रदेशसभाका एमाले सांसद रेवतीरमण भण्डारीले जानकारी दिए।

उनले भने, ‘पाएको भनिएको विश्वासको मत गैरकानुनी छ। त्यसका विरुद्ध हामी फेरि सर्वोच्च जान्छौँ। भोलिसम्म रिट दर्ता गर्ने तयारीमा जुटेका छौँ।’

यसअघि सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर बुझाएर थापाले लिएको मुख्यमन्त्रीको नियुक्ति सर्वोच्चले नै बदर गरेको थियो। यसपटक गौतमले सभामुखबाट राजीनामा दिएर मन्त्री बनेका छन्। उपसभामुख सिर्जना दनुवार बिरामी भएको भन्दै गंगालाल अस्पताल भर्ना भएपछि अन्सारीले प्रदेशसभाको बैठकको अध्यक्षता गरेका थिए।

सभामा उनले उद्धव थापाले ४७ मत पाएको र विपक्षमा ३० मत परेको निर्णय प्रदेशसभामा सुनाएका थिए।