भारतमा बन्दै गरेको रेल ब्रिज भत्किँदा १७ जनाको मृत्यु

काठमाडौं । भारतमा बन्दै गरेको एक रेल ब्रिज भत्किँदा १७ जना मजदुरको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार मिजरोमको राजधानी आइजोल नजिकै बन्दै गरेको रेल ब्रिज भत्किएको हो ।

पुलको भग्नावसेसमा कैयौँ मजदुर पुरिएको अनुमान छ । मृतकको संख्या बढ्ने सक्ने अनुमान छ ।