एसिया कपमा बेस्ट क्रिकेट प्रिजेन्ट गर्ने हो, रिजल्ट हाम्रो कन्ट्रोलमा छैन : रोहित पौडेल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले खेलको नतिजा आफ्नो हातमा नभएको बताएका हुन्।

एसिया कप क्रिकेट खेल्न पाकिस्तान जान लागेको नेपाली टोलीको हातमा खेलको नतिजा नभएको कप्तान पौडेलले मंगलबार नेपाल क्रिकेट संघ ९क्यान०ले आयोजना गरेको पत्रकार सम्मेलनमा बताएका हुन्।

उनले भने, ‘रिजल्ट हाम्रो कन्ट्रोलमा छैन। प्रक्रिया कन्ट्रोलमा छैन। त्यो दिन सबैले हेरिरहेको हुन्छ, बेस्ट क्रिकेट प्रिजेन्ट गर्ने हो।’