कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पाए विश्वासको मत,एमाले द्धारा अस्वीकार

काठमाडौं । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वास मत पाएका छन् । सोमबार भएको मत विभाजनमा उनले विश्वासको मत पाएका हुन् ।

बैठकमा उपस्थित रहेका ७७ सांसदमध्ये मुख्यमन्त्री थापाले ४७ मत पाए । त्यस्तै, विपक्षमा ३० मत खसेको छ । ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ । उनलाई काँग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीको एक सांसदले समर्थन गरेका थिए ।

तर, यो विवादमा तानिएको छ। उपसभामुख सिर्जना दनुवार स्वास्थ्यमा अचानक समस्या आएको भन्दै प्रदेश बाहिर गएपछि अध्यक्ष मण्डलमा रहेका सांसद इस्राइल मन्सुरीले सभा चलाएका थिए ।

सांसद मन्सुरीले भोटिङका क्रममा सांसद गीता तिम्सिनालाई बोलाएपछि संसदमा हंगामा सुरु भएको थियो । उनले गीतालाई सभाध्यक्ष गर्न दिएपछि सोही क्रममा थापाको पक्षमा भोट त हाले तर विपक्षी दल एमालेका सांसदले चर्को नाराबाजी गरे । उनीहरुले सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाउँदै त्यसलाई अस्वीकार गर्ने बताए ।