रास्वपाले उद्योग वाणिज्य समितिमा पराजुलीलाई उम्मेदवार बनाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापतिमा उम्मेदवारी दिने भएको छ । पार्टीको तर्फबाट सांसद गणेश पराजुलीलाई उम्मेदवार बनाउने निर्णय भएको उपसभापति डोलप्रसाद अर्यालले बताए ।

उनले भने, ‘अहिलेसम्म हामीले उद्योग समितिमा उम्मेदवारी दिने निर्णय भएको छ । थप छलफलको लागि १ बजे दलको कार्यालमा छलफल बोलाइएको छ । निर्णय त्यहीँ हुन्छ।’

भोलि हुने निर्वाचनको लागि आज ११ बजेदेखि अपराह्न ४ बजेसम्म मनोनय दर्ता हुँदैछ । सत्ता र प्रमुख प्रतिपक्षी दलबीचको सहमति हुँदा रास्वपालाई भाग दिइएको थिएन ।