प्रधानमन्त्रीको चीन भ्रमणका प्राथमिकतामा के के छन् ?

फाईल तस्बिर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमणको क्रममा दुई देशबीचका आर्थिक र व्यापार सम्बन्धलाई बलियो बनाउन केन्द्रित हुने बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा कांग्रेस सांसद उदय शमशेर राणाको प्रस्तानको जवाफ दिँदै यस्तो बताएका हुन्।

उनले भ्रमणमा यसअघि भएका सम्झौता र समझदारी कार्यान्वयमा जोड दिइने समेत बताए। सीमा नाका सञ्चालन र थप नाका खोल्ने बिषयमा पनि भ्रमणमा छलफल हुने बताए।

सडक, ऊर्जा, व्यापार क्षेत्रमा चीनको सहयोग भ्रमणको प्राथमिकतामा रहेको बताए।