पाकिस्तानविरुद्ध खेल्ने नेपालको प्लेइङ ११ मा को-को छन् ?

काठमाडौं । पाकिस्तानमा भइरहेको एसिया कप क्रिकेटमा बुधबार नेपालले पाकिस्तानविरुद्ध पहिले फिल्डिङ गर्दैछ ।

रोहित पौडेल नेतृत्वको नेपाली टिममा कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, आरिफ शेख , दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन् ।

पाकिस्तानले टस जितेपछि पहिले ब्याटिङ रोजेको छ ।