सुन तस्करी प्रकरण : थप एक जना पक्राउ

काठमाडौं । ६० किलो सुन प्रकरणमा थप एक जना पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सोमबार काठमाडौंबाट गणेश पौडेललाई पक्राउ गरेको हो।

प्रहरीको केन्द्रीय प्रवक्ता डिआइजी कुबेर कडायतका अनुसार पौडेल केही अगाडिसम्म विमानस्थल भन्सारमा कार्यरत थिए। उनी अधिकृतस्तरका कर्मचारी हुन्।

६० किलो सुन प्रकरणमा उनको पनि संलग्नता देखिएपछि पक्राउ गरिएको डिआइजी कडायतले जानकारी दिए।

यससँगै सुन प्रकरणमा अहिलेसम्म पक्राउ पर्नेको संख्या २४ पुगेको छ।

गत साउन ३ गते हङकङबाट ल्याइएको ६० किलो ७१६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो।