एसिया कप : नेपालविरुद्ध पाकिस्तानले कटायो एक सय रन

काठमाडौं । एसिया कप क्रिकेटमा पाकिस्तानले एक सय रन कटाएको छ ।

मुल्तान क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ रोजेको घरेलु टोली पाकिस्तानले २२ ओभरको समाप्तीमा २ विकेटको क्षतिमा १०२ रन बनाएको हो ।

पाकिस्तानका कप्तान बाबर अजाम ४० र मोहम्मद रिजवाल ३७ रन बनाएर क्रिजमा छन् । यसअघि पाकिस्तानका ओपनर ब्याटर फखर जमान १४ र इमाम उलहक ५ रनमा आउट भएका थिए ।

नेपालका लागि करण केसीले एक विकेट लिए । करणले ५.३ ओभरमा पाकिस्तानका लागि ओपनर फखर जमानलाई पभिलियन फर्काएका थिए ।

जमानपछि पाकिस्तानका ओपनर इमाम रन आउट भएका थिए । इमामलाई ६.१ ओभरमा नेपालका कप्तान रोहित पौडेलले रन आउट गरेका थिए ।