फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त भएको नयाँ मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य बढाइएको नेपाल आयल निगमका प्रवक्ताले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

नयाँ मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ । नयाँ मूल्यअनुसार अब पेट्रोलको पहिलो वर्गको प्रतिलिटर १७९.५०, दोस्रो वर्गको १८१ र तेस्रो वर्गको १८२ रुपैयाँ पुगेको छ । त्यसैगरी डिजेलरमट्टितेलको प्रतिलिटर पहिलो वर्गको १६७.५०, दोस्रो वर्गको १६९ र तेस्रो वर्गको १७० रुपैयाँ पुगेको निगमले जनाएको छ ।

त्यस्तै, एलपी ग्यासको पनि प्रतिसिलिण्डर १, ६६० रुपैयाँबाट बढेर १, ८९५ रुपैयाँ पुगेको छ ।