महिला विश्वकप छनोट : आज बहराइनसँग भिड्दै नेपाल

काठमाडौँ । नेपालले आइसीसी महिला टि–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज बहराइनसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । पहिलो खेलमा घरेलु टोलीलाई पराजित गरेको नेपाल लगातार दोस्रो जित दर्ता गर्न चाहन्छ । पहिलो खेलमा कतारलाई पराजित गरेको बहराइन पनि लगातार दोस्रो जितको खोजीमा छ ।

तेस्रो खेलमा नेपालले १७ गते भुटानसँग, चौथो खेलमा १८ गते कतारसँग खेल्दै छ । नेपालले समूह चरणको अन्तिम खेलमा १९ गते युएईसँग खेल्दै छ ।