रवि लामिछाने नेपाल-भारतबीचको म्याच हेर्न श्रीलंका जाँदै, काठमाडौंका मेयर बालेन पनि जाने तयारीमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एसिया कपको नेपाल-भारत म्याच हेर्न श्रीलंकातर्फ लागेका छन् । लामिछानेकि पत्नी निकिता पौडेल र पार्टीका सहयोगी दीपक बोहरासहित उनी श्रीलंकातर्फ लागेका हुन् ।

भोलि नेपाल र भारतबीच समूह चरणको अन्तिम खेल हुँदैछ । विजेता टीम दोस्रो चरणमा पुग्नेछ । राष्ट्रिय टीमलाई हौसला दिन सभापति लामिछाने श्रीलंका जान लागेका हुन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह पनि श्रीलंका जाने भएका छन् । स्रोतका अनुसार उनीसहित तीनजनाको टोली आज श्रीलंका जान लागेको हो । बालेन आज बेलुका उड्ने बुझिएको छ ।