चाडपर्व नजिकिएसँगै बजार अनुगमनको तयारी

काठमाडौं । सरकारले नेपालीका चाडपर्व नजिकिएसँगै चाडपर्वलक्षित बजार अनुगमनका लागि तयारी थालेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वका बेला चाडपर्वलक्षित अनुुगमन गर्नका लागि कर्मचारीको माग गरेको छ ।

सामान्य अवस्था तीन-चार वटा टोलीले अनुुगमन गर्दै आएकामा चाडपर्वका बेलामा आठ-नौ वटा टोलीले छुुट्टाछुुट्टै वस्तुुको अनुुगमन गर्ने तयारी भएको विभागले जनाएको छ । विभागका महानिर्देशक गजेन्द्रकुुमार ठाकुरले हाल बजार अनुगमनका लागि विभागसँग सीमित मात्रै जनशक्ति भएकाले सामान्य प्रशासनबाट आवश्यक जनशक्ति पठाउने सहमति भइसकेको जानकारी दिए । चाडपर्वलक्षित बजार अनुुगमन कहिलेबाट गर्ने भन्ने मितिका विषयमा यही साता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवसँग बैठक बसेर टुुङ्गो लगाउने पनि उनले जानकारी दिए ।

विभागका अनुसार चाडपर्वलक्षित अनुगमनमा सो बेलामा खपत हुने खाद्यान्न, इन्धन, लत्ताकपडा, माछामासु, तरकारी, फलफूललगायतका थोक तथा खुद्रा पसलमा अनुुगमन गरिने छ ।

चाडपर्वको समयमा व्यापारीले जथाभाबी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्नेलगायतका समस्या देखिने गरेकाले विभागले अनुगमनलाई सक्रिय रूपमा अगाडि बढाउँदै आएको छ । विभागले सबै अनुगमन टोलीलाई वस्तु र क्षेत्र नै तोकेर अनुगमन सुरु गर्न निर्देशन दिइएको विभागका महानिर्देशक ठाकुरले बताए ।

त्यस्तै विषयत विभागहरू खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग, मुलकभरका सबै जिल्ला प्रशासन कार्यालयका बजार अधिकृत, प्रदेश र पालिकासमेतलाई बजारमा उपस्थिति बढाउन विभागले पत्राचार गरिसकेको जनाएको छ ।

बजार अनुगमन व्यवसायीलाई आतङ्क फैलाउने र तत्काल जरिबाना गरेर तर्साउने उद्देश्यले नभएर बढी मूल्य लिने, मूल्य सूची नराख्ने, गुणस्तरीय वस्तु बिक्रीवितरण नगरी उपभोक्ता ठग्ने व्यापारीलाई मात्र अनुगमनका व्रmममा कारबाहीको दायरामा ल्याउनमा लक्षित हुुने महानिर्देशक ठाकुरको भनाइ छ ।

गोरखापत्र