इमरजेन्सीमा पालो कुर्दा कुर्दै गयो ६ वर्षकी बालिकाको ज्यान

काठमाडौं । कान्तिबाल अस्पतालको इमरजेन्सी कक्षमा आएकी एक बिरामीले पालो कुर्दा कुर्दै  ज्यान गुमाएकी छन् ।

सोमबार साँझ करिब ५ः४५ मा ६ वर्षकी बलिका लिएर इमरजेन्सी कक्षामा आइपुगेका विरामीका आफन्तलाई पहिला टिकट काट्नु र पालो कूर्न भनियो । इमरजेन्सीमा आएको बिरामीलाई डेढ घण्टासम्म पालो कुराएर बाहिर राखियो । इमरजेन्सीमा आएकी ती बालिकाको समयमा उपचार सुरु नहुँदा ज्यान गएको मृतकका आफन्तले गुनासो गरेका छन् ।

कान्तिबाल अस्पतालमा समयमा उपचार नपाएको मृत्यु भएको यो घटना पहिलो भने होइन । यसअघि पनि यस्ता कयौं घटना बाहिरिएका छन् । जनशक्ति अभावका कारण अस्पतालले चुस्तदुरुस्त सेवा दिन नसकेको अस्पतालको भनाइ छ । अस्पताल प्रशासनले यस घटनालाई गम्भिरता पूर्वक लिएको र आगामि दिनमा यस्ता घटना नदोहोरिने प्रतिवद्धता जनाएको छ ।

अधिकांश सरकारी अस्पतालमा बिरामीको अवस्था जटिल भएता पनि डियूटीमा रहेका चिकित्सकले बेवास्ता गर्ने गरेको सेवाग्राहीको गुनासो छ । सोमबार कान्तिमा आएका ६ बर्षीय बालिकाको पनि अवस्था जटिल हुँदै गएपछि पटक पटक उपचारका लागि पहल गरिँदा पनि उपचार पाएनन् । देशकै राजधानी जस्तो ठाउँमा पनि इमरजेन्सीका बिरामीले पनि उपचारका लागि घण्टौ पालो कुर्नू पर्ने भएपछि सरकारी अस्पतालको लापर्वाही कुन हदसम्म छ भन्ने स्पष्ट भएको छ ।