१२ दिनदेखि बेपत्ता सेनाका मेजर अझै फेला परेनन्

काठमाडौं । १२ दिनदेखि हराएका नेपाली सेनाका मेयर विमल पण्डित अफै फेला पर्ने सकेका छैनन् ।

डोल्पाको सदरमुकाम दुनैमा रहेको सेनाको नन्दबक्स गणअन्तर्गत रहेको दुबै ब्यारेकका सेनानी पण्डित भदौ १० गते बेलुका हराएका थिए । उनी अझै फेला नपरेको सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए ।

‘उहाँ अहिलेसम्म पेला पर्नु भएको छैन,’ उनले भने ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले उनको खोजी गरिरहेको छ ।

प्रहरीका अनुसार उनले सो दिन मोबाइल बैंकिङबाट पैसाको कारोबार तथा परिवारसँग फोन सम्पर्क गरेको देखिएको छ।