कृषि गणना २०७८ बाख्रा र च्याङ्ग्राको संख्या बढ्यो, भेंडाको घट्यो

काठमाडौं । नेपालमा बाख्रा र च्याङ्ग्राको संख्यमा ठूलो वृद्धि भएको छ । केन्द्रीय तथ्यांक कार्यालयले बिहीबार सार्वजनिक गरेको राष्ट्रिय कृषि गणना २०७८ को नतिजाअनुसार बाख्रा र च्याङ्ग्राको संख्या झण्डै डेढ गुणाले बढ्दा भेंडाको संख्यामा भने गिरावट आएको छ ।

तथ्यांकअनुसार नेपालमा अहिले बाख्रा र च्याङ्ग्राको कुल संख्या एक करोड ४२ लाख ४२ हजार छ । जुन २०६८ को भन्दा ३२ लाख ५२ हजारले धेरै हो । १० वर्षअघि २०६८ मा नेपालमा यस्तो संख्या एक करोड ९ लाख ९० हजार मात्रै थियो ।

तथ्यांकअनुसार भेंडाको संख्यामा भने गिरावट आएको छ । नेपालमा अहिले भेंडाको संख्या ४ लाख ७८ हजार मात्रै छ । जुन २०६८ को भन्दा तुलनामा एक लाख १९ हजारले कम हो । २०७८ मा नेपालमा भेंडाको कुल संख्या ६ लाख ३ हजार मात्रै थियो ।