महिला विश्वकप छनोट : नेपालले थाइल्यान्डलाई दियो १ सय ६ रनको विजयी लक्ष्य

काठमाडौं । आइसिसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा थाईल्यान्डले नेपाललाई १ सय ६ रनको लक्ष्य दिएको छ।

मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको थाईल्यान्डले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ५ रन बनायो ।

थाईल्यान्डको लागि नानपाट खोन्चारोएनकाइले ६३ बलमा ४ चौकासहित सर्वाधिक ५९ रनको योगदान दिइन्। नेपालको लागि कविता कुँवर र पुजा महतोबाहेक अरुले विकेट सलन सकेनन्।

कुँवरले ४ ओभरमा १ मेडनसहित १७ रन खर्चेर १ विकेट लिइन्। भने महतोले ३ ओभरमा २० रन खर्चेर १ विकेट लिइन्।

आजको खेलमा विजेता हुने टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छ। नेपाल पहिलो पटक ग्लोबल छनोटमा स्थान बनाउने लक्ष्यसहित मैदान उत्रने छ।

नेपाल समूह ‘ए’ बाट उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने थाईल्यान्ढ समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो।