शहीद कुनै पार्टीको हुँदैन, देशको हुन्छन् : रवि लामिछाने

फाईल तस्बिर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शहीद कुनै पार्टीको नहुने बताएका छन् । दोलखाको चरिकोटमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा लामिछानेले यस्तो बताएका हुन् ।

उनले भने, ‘शहीद कुनै पार्टीको हुँदैन, शहीद देशको हुन्छन् । शहीदले रगत कुनै अमुक पार्टीका नेता बनाउन होइन, नेपाली जनताको मुक्तिका लागि, यो देश बनाउनका लागि आफ्नो प्राण उत्सर्ग गरेका हुन् ।’

रास्वपाले बागमती प्रदेश प्रशिक्षण कार्यक्रम दोलखाको चरिकोटमा राखेको छ । प्रशिक्षण कार्यक्रमसँग चरिकोटमा नै आमसभा पनि आयोजना गरिएको थियो ।