आज सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबारको तुलनामा आइतबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेर कारोबार हुने भएको हो ।

शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँ रहेकोमा आइतबार घटेर १ लाख ११ हजार ९ रुपैयाँमा झरेको छ भने तेजावी सुन १ लाख ११ हजार ७ सय ५० रुपैयाँबाट घटेर १ लाख ११ हजार ३ सय ५० रुपैयाँमा झरेको छ ।

यता, चाँदीको भाउ प्रतितोला १० रुपैयाँले घटेको महासङ्घले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ४ सय ५ रुपैयाँ रहेकोमा आइतबार घटेर १ हजार ३ सय ९५ रुपैयाँ कायम भएको हो ।