हत्या आरोपमा ७२ वर्षीय वृद्ध पक्राउ

काठमाडौं । काठमाडौंमा हत्या गरेको आरोपमा ७२ वर्षीय वृद्ध पक्राउ परेका छन्।

मकवानपुर हेटौंडा उपमहानगरपालिका घर भई काठमाडौं महानगरपालिका-८ गौशला बनकालीस्थित मानव सेवा कल्याण आश्रममा बस्ने ७२ वर्षीय जगतबहादुर तामाङ पक्राउ परेका हुन्।

प्रहरी वृत गौशलाबाट खटिएको टोलीले उनलाई सोमबार साँझ पक्राउ गरेको हो।

उनले मकवानपुर भिमफेदी गाउँपालिका-४ घर भएका ५० वर्षीय अमरराज पुडासैनीलाई इँटा प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।