मुकुन्द रिजालको निधनपछि काठमाडौं १६ मा कार्यवाहक अध्यक्षको जिम्मेवारी महर्जनलाई

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ को कार्यवाहक अध्यक्षको जिम्मेवारी पुष्प महर्जनलाई दिइएको छ ।

सोमबार भएको प्रमुखस्तरीय निर्णयबाट उनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको महानगरले जनाएको छ ।

सोमबार नै वडा समितिको बैठकबाट महर्जनलाई कार्यवाहक अध्यक्ष सिफारिस गरिएको थियो ।
वडाध्यक्ष मुकुन्द रिजालको २१ भदौमा असामयिक निधन भएपछि अध्यक्ष पद रिक्त भएको थियो ।