प्रधानमन्त्री दाहालले दिए सुुवास नेम्वाङलाई श्रद्धाञ्जली

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई श्रद्धाञ्जली दिएका छन्।

मंगलबार दिउँसो ललितपुरको च्यासलस्थित नेकपा एमालेको पार्टी कार्यालयमा पुगेर प्रधानमन्त्री प्रचण्डले नेम्वाङको पार्थिव शरीरमा श्रद्धाञ्जली दिएका हुन्।

पूर्वप्रधानमन्त्री एव‌ं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईसहित अन्य नेताहरू पनि श्रद्धाञ्जली दिन च्यासल पुगेका छन्।