नेम्वाङको निधनका कारण प्रतिनिधि सभा बैठक सर्‍यो

काठमाडौँ । भदौ २७ गतेका लागि बोलाएको प्रतिनिधि सभा बैठक भदौ २८ गते बस्नेगरी सरेको छ । संविधान सभा अध्यक्ष, पूर्व सभामुख तथा वर्तमान प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधनका कारण बुधबारका लागि तय भएको बैठक बिहीबार बस्नेगरी सारिएको संघीय संसद् सचिवालयले जनाएको छ ।

संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले बैठक बस्ने दिन र समय परिवर्तन भएको जनाएका छन् । गौतमका अनुसार भदौ २८ गते बिहीबार दिउँसो ३ बजे बैठक बस्नेछ । उक्त बैठकले नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्नेछ ।