सुन तस्करी प्रकरण : सुन तस्कर गर्न पाँच विदेशीले कहाँ-कहाँबाट लिएका थिए नेपाली नागरिकता ?

काठमाडौं । तस्करीको ६० किलो सुन प्रकरणमा संलग्न पाँच विदेशीहरूले नेपाली नागरिकता लिएको खुलेको छ।

हङकङका एलेक्स भन्ने याहो पुचेङले काभ्रेबाट तेन्जिङ सोनाम तामाङको नामबाट नागरिकता लिएका छन्।

चीनका साउतेङ भन्ने सेग फा डिङले काभ्रेबाटै राम लामाको नामबाट नागरिकता लिएका छन्।

ताइवान अलि वा ली भन्ने ह्वेन सुङ लिले काठमाडौंबाट छिरिङ लामाको नामबाट नागरिकता लिएका छन्।

नेङखाइली स्टेफ्सले काभ्रेबाट सोनाम लामाको नामबाट नागरिकता लिएका छन्।

दावा छिरिङ भन्ने बेल्जियमका नागरिकले काभ्रेबाट दाबा छिरिङकै नाममा नागरिकता लिएका छन्।

पाँचै जनाले नेपाली नागरिकताका आधारमा पासपोर्ट पनि बनाइसकेको सिआइबीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

सिआइबीले उनीहरूलाई नागरिकता दिलाउन सहयोग गर्ने मानिसहरूको नाम पहिचान भई खोजी कार्य जारी रहेको बताएको छ।