आजको मौसम : सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा वर्षाको सम्भावना

काठमाडौँ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।

साथै, भारतको उत्तर प्रदेश र आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव छ। जसका कारण देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बागमती र गण्डकीका थोरै तथा बाँकी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका केही स्थानमामेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।

यस्तै, राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकीका केही स्थानमा राति पनि मध्यम वर्षाको सम्भावना छ।