भक्तपुरमा एक व्यक्ति मृत फेला

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर १० चित्तपोलस्थित झोलुङ्गे पुल मुनिको एक व्यक्ति मृत फेला परेका छन् ।

आज बिहान ५ः३९ बजेको समयमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर ३ घर भई हाल काभ्रेको बनेपा नगरपालिका–१३ नयाँबस्ती बस्ने २३ वर्षीय शैलेस भारती मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।

शव भेटिएको जानकारी पाउनासाथ प्रहरी वृत्त जगातीको अनुसन्धान अधिकृतसहितको टोली त्यहाँ पुगेर मुचुल्का गरेको थियो । घटनास्थलमा पुलमा एक जोर जुत्ता, एउटा मोजा र मृतक नजिकै अर्को एउटा मोजा फेला परेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।