आज पनि घट्यो नेप्से, कारोबार रकम पनि घट्दै

आइतबार १९.४२ अङ्कले ओरालो लागेको सेयरबजार सोमबार पनि ५.८९ अङ्कले घटेको छ ।

बिहीबार ४४.३४ अङ्कले बढेर २०२९.७८ विन्दुमा बन्द भएको नेप्से त्यसपछि भने लगातार दुई कारोबार दिन घट्दै २००४.४५ अङ्कमा बन्द भएको छ । अघिल्लो दिन कुल २ अर्ब ३२ करोड ६८ लाख ९५ हजार २ सय ७ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम पनि घटेर १ अर्ब ५६ करोड ५५ लाख ७३ हजार ४ सय ७१ रुपैयाँमा सीमित हुन पुगेको छ ।

आज सर्वाधिक कमाउनेतर्फ माइखोला हाइड्रो, एसियन हाइड्रो, मन्दाकिनी हाइड्रो, इस्टर्न हाइड्रो, हिमालयन लघुवित्त र हिमालयन उर्जा कम्पनी रहे । ती कम्पनीको सेयर मूल्य पनि १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । आइतबार सर्वाधिक गुमाउनेतर्फ थ्रीस्टार हाइड्रो, अप्पर लोहोरे खोला र शिभम् पावर कम्पनी रहे । उक्त कम्पनीहरुको सेयरको मूल्यमा १० प्रतिशतको नेगेटिभ सर्किट लाग्यो ।

बिहीबार लगानी उपसूचक सर्वाधिक ०.९५ प्रतिशतले घट्दा लाइफ इन्स्योरेन्स सबइन्डेक्स ०.७३ र होटेल सबइन्डेक्स ०.६३ प्रतिशतले ओरालो लागे । आज हाइड्रोपावर सबइन्डेक्स भने ०.९२ प्रतिशतले वृद्धि भयो ।