साफ यू-१९ भुटानलाई हराउँदै पाकिस्तान फाइनलमा

काठमाडौं । साफ यू-१९ च्याम्पनसिप अन्तर्गत भुटानलाई हराउँदै पाकिस्तान पहिलो पटक फाइनलमा प्रवेश गरेको छ।

दशरथ रगशालमा भएको खेलमा भुटानलाई सडनडेथमा हराउँदै पाकिस्तान फाइनल पुगेको हो। सडनडेथमा पाकिस्तानका कमिल अहमद खानले गोल गरेर पाकिस्तनालाई सफलता दिलाए। निकै प्रतिस्पर्धात्मक बनेको खेल निर्धारित ९० मिनेटसम्म गोल रहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो।

आजै हुने दोस्रो खेलमा नेपाल र भारत भिड्दै छन्।