लगातार आरालो लाग्दै सुनको मूल्य आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा दुई दिनमा सुनको मूल्य २२ सय रुपैयाँले घटेको छ ।

अघिल्लो दिन बुधबार मात्रै प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य दुई दिनमा २२ सय रुपैयाँले घटेर शुक्रबार १ लाख ८ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

शुक्रबार बजारमा छापावाल सुन प्रतितोला १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो कारोबारका दिन बिहिबार तोजाबि सुनको कारोबार प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँमा भएको थियो ।

त्यसैगरी आज बजारमा चाँदीको मुल्य तोलामा २५ रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।