एमाले बागमती अधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान जारी

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेशको जारी अधिवेशनमा नेतृत्व चयनअन्तर्गत मतदान सुरू भएको छ।

मतदान केही बेरअघि सुरू भएको अध्यक्ष मण्डलका सदस्य शेरबहादुर तामाङले जानकारी दिए।

अध्यक्षमा मकवानपुरका कृष्ण दाहाल र रामेछापका कैलाश ढुंगेलबीच प्रतिस्पर्धा हुँदैछ। सचिवमा सिन्धुपाल्चोकका हस्त पण्डित र ललितपुरका नारायण सिलवालबीच प्रतिस्पर्धा हुँदैछ।

चितवन, रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकमा सर्वसम्मत सदस्य छानिएको जानकारी दिए।

एमाले बागमतीमा १ हजार १६४ जना प्रतिनिधि छन्। भोटिङ मेसिन प्रयोग गरेर मतदान भइरहेको छ। ४० वटा भोटिङ मेसिन प्रयोग गरिएको र साँझसम्म नतिजा आइसक्ने बताइएको छ।