नापीका अधिकृतदेखि खरिदारसम्म ८५८ जना कर्मचारीको एकै पटक सरुवा (सूचीसहित)

काठमाडौं । नापी विभागले नापी अधिकृतदेखि खरिदारसम्म ८५८ कर्मचारीको एकै पटक सरुवा गरेको छ । विभागले नेपाल इन्जिनियरिङ सेवा, सर्भे समूह, राजपत्राङ्कित तृतीय श्रेणी, नापी अधिकृत पदका ११३, राजपत्र अनङ्कित प्रथम श्रेणी, सर्भेक्षक पदका ४९८ र अनङ्कित द्वितीय श्रेणी अमिन पदका २४७ जना कर्मचारीको सरुवा गरेको हो ।

विभागले ७ जना नापी अधिकृतको पदस्थापनसमेत गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट स्वीकृत कर्मचारी सरुवासम्बन्धी मापदण्ड, २०८० समेतका आधारमा सरुवा गरेको विभागले जनाएको छ ।

हेर्नुस् सरुवा भएकाहरूको सूची