रिगललाई दिएको आम माफीविरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा

काठमाडौं । गुन्डा नाइके रिगल भनिने योग ढकाललाई आम माफी दिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको पेशी न्यायाधीश डा। मनोजकुमार शर्माको इजलासमा तोकिएको छ ।

रिगलको निर्देशनमा मारिएका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले असोज १४ गते रिट दायर गरेकी थिइन् ।

चेतनको २०७२ सालमा नेपालगन्जमा खुँडा हानी हत्या भएको थियो ।

सर्वस्वसहित जन्मकैद भएका रिगललाई गत संविधान दिवसका अवसरमा आम माफी दिइएको थियो । उक्त निर्णयविरुद्ध भारती न्याय खोज्दै काठमाडौं आएर अनशन बसिरहेकी छिन् ।