स्वदेश फर्कियाे नेपाली राष्ट्रिय क्रिकेट टाेली, विमानस्थलमा गरियाे स्वागत (तस्बिरहरु)

काठमाडौं । चीनमा जारी एसियाली खेलकुद अन्तर्गत क्रिकेट खेलमा सहभागी भएर नेपाली राष्ट्रिय टोली आज स्वदेश फर्केको छ । आज बिहान त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलमा नेपाली क्रिकेट टोलीको भव्य स्वागत गरियो ।

प्रतियोगिता अन्तर्गत चीनमा नेपालले तीनवटा खेल खेलेको थियो । समूह चरणको खेलमा मंगोलिया र माल्दिभ्सविरुद्ध शानदार जित निकालेको नेपालले क्वार्टरफाइनलमा भारतसँग सम्मानजनक पराजय भोगेको थियो ।

प्रतियोगितामा नेपाली टिम र खेलाडीले थुप्रै विश्व कीर्तिमान कायम गरेका थिए ।