बझाङमा तीन दिन विद्यालय बन्द गर्न प्रशासनको सुझाव

काठमाडौं । बझाङमा तीन दिन विद्यालय बन्द गर्न जिल्ला प्रशासन कार्यालयले सुझाव दिएको छ ।

मङ्गलवार आएको भूकम्पले यहीका विद्यालयमा क्षति पुराएको भन्दै तत्काल विद्यालय बन्द गर्न अनुरोध गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए ।

जिल्ला विपत् व्यवस्थापन समितिले बुधवार, बिहीबार र शुक्रवार विद्यालय बन्द गर्न अनुरोध गर्ने निर्णय गरिएको प्रजिअ पाण्डेयले बताए ।

विद्यालय भवनहरू चर्किएका छन् भूकम्प पछिका पराकम्प अझै रोकिएको छैन उनले भने सम्भावित क्षति हुन नदिन विद्यालय बन्द गर्न सुझाव दिने निर्णय गरिएको हो ।

१२ पालिका रहेको बझाङमा २७८ वटा सामुदायिक, २८ वटा संस्थागत र ८ वटा क्याम्पस रहेका छन् । मङ्गलवार ३ बजेर ६ मिनेटमा ६।३ रेक्टरको भूकम्प जाँदा बझाङ सबै भन्दा बढी प्रभावित बन्यो ।

यहाँ १ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। १९ सरकारी भवन आंशिक र २ पूर्ण रूपमा क्षति भएको छ । २४५ घर आंशिक र ७० पूर्ण रूपमा क्षति भएको भएको छ

भूकम्पका कारण यहाँ अध्ययनरत ७१ हजार ६८ बढी विद्यार्थीहरूको पढाइ प्रभावित भएका छन् ।