आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं ।  हमासको आक्रमणमा परी इजरायलमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको दुःखमा आज नेपालमा राष्ट्रिय शोक मनाइँदैछ । सोमबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो ।

आज शोकमा नेपालस्थित सरकारी कार्यालय र विदेशस्थित नेपाली दूतावास तथा कूटनीतिक नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइने छ ।

गत शनिबार प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा परी १० जना नेपालीको इजरायलमा मृत्यु भएको थियो । सोमबार केही नेपालीहरूको उद्धार गरिएको छ । अझै एक जना नेपाली सम्पर्कबिहीन रहेका छन् । केही नेपालीहरूले उद्धारका लागि हारगुहार गरिरहेका छन् ।