सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक कानुन समितिबाट पारित

काठमाण्डाै ।  सम्पत्ति शुद्धीकरणसम्बन्धी (मनि लाउन्डरिङ) विधेयक संसदीय समितिबाट पारित भएको छ ।

बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको कानुन समितिले मनि लाउन्डरिङसम्बन्धी विधेयक पारित गरेको हो । समितिबाट पास भएसँगै अब यो विधेयक संसदमा पेस हुनेछ ।

विधेयकको दफा १८ को उपदफा (२) झिक्ने अथवा सहकारी ऐन, २०७४ को दफा ५२ मा व्यक्तिगत बचतको अधिकतम सीमा पच्चीस लाख हुने गरी प्रस्ताव भएको विषय हटाउने बैठकमा सहमति भएको छ ।