इजरायलबाट २५४ जना नेपाली काठमाडौं आइपुगे

काठमाडौं । इजरायलबाट नेपाल एयरलाइन्सको विमान मार्फत् बुधबार राति २५४ जना नेपाली काठमाडौं आइपुगेका हुन् ।

आफ्ना इजरायलमा रहेका नागरिकको उद्दारका लागि लागि परराष्ट्रमन्त्री एनपी साउद स्वयम् इजरायल गएका थिए ।

नेपालीहरुलाई लिएर काठमाडौं आएपछि सञ्चारकर्मीहरुसँग कुार गर्दै परराष्ट्रमन्त्री साउदले नेपालीहरुको सुरिक्षत राख्न इजरायल सरकार समर्पित पाएको बताए । आफूलाई भेट्न इजरायलका विमानमन्त्री आफैं विमानस्थल आएपनि आफू नपुग्दै फर्किनु परेको भन्दै उनले अरु अधिकारीसँग भेट भएको बताए । उनले अघि भने , ‘इजरायल सरकार त्यहाँ भएका नेपाली र अरु विदेशीलाई सुरक्षित राख्न सतर्क र समर्पित पाएको छुु ।’

मन्त्री साउदले इजरायलमा रहेका नेपालीहरुको उद्दारका लागि आवश्यका अनुसार विमान पठाइने बताए ।