कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीले शपथ लिँदै, एमालेबाट दुई जना मन्त्री

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको शपथको प्रदेश प्रमुख कार्यालयमा चलिरहेको छ । एमालेका ३९ सांसद र कांग्रेसमा ‘विद्रोह’ गरेका ८ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले एमालेबाट दुई जना मन्त्री बनाउने तयारी गरेका छन् ।

एमालेका उपनेतासमेत रहेका इलामबाट निर्वाचित राम राना र झापाबाट निर्वाचित सांसद एकराज कार्कीलाई मन्त्री बनाउने एमाले स्रोतले जनाएको छ । यसअघि शेरधन राई मुख्यमन्त्री रहेका बेला रानाले कृषि मन्त्रालयसम्हालेका थिए । कार्की यसअघि उपधारा ३ बमोजिम हिक्मत कार्की मुख्यमन्त्री हुँदा भौतिक पूर्वाधार विकासमन्त्री रहेका थिए ।

नेपाली कांग्रेसको तर्फबाट इलामबाट निर्वाचित सांसद शमशेर राईलाई मन्त्री बनाउने चर्चा चलेको छ ।