देउवालाई गगन-विश्वको प्रश्न : गठबन्धन बलियो बनाउन भन्दै किन चिर्कटोमा हस्ताक्षर गर्नुपरेको हो ?

काठमाडौं । कांग्रेस पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवामाथि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रश्न उठाएका छन् । उनीहरूले गठबन्धन जोगाउन भन्दै चिर्काटोमा किन हस्ताक्षर गर्नुपरेको हो भनेर प्रश्न गरेका छन् ।

‘तीन नेताले हस्ताक्षर गरेको कागजको चिर्कटो देखियो, यस्तो चिर्कटोमा सम्झौता किन गरियो, गर्नुपर्नाका कारण के हुन ? प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्छ । सभापतिजी गठबन्धन दलको ठूलो दलको नेता, गठबन्धन बलियो बनाउन भन्दै किन चिर्कटोमा हस्ताक्षर गर्नुपरेको हो ?,’ महामन्त्रीद्वयको प्रश्न थियो ।

सभापति देउवाले भने गठबन्धन जोगाउनका लागि सहमति गर्नुपर्ने अवस्था आइपरेको बताएका थिए । कोशी प्रदेशमा भएको घटनाबारे इतर समूहका नेता शेखर कोइरालो प्रस्ट पार्नुपर्ने महामन्त्री शर्माले बताए ।

‘कोशीमा विकसित घटनाक्रमबारे नेता शेखर कोइरालाप्रति आशंका हो भने उहाँले नै वक्तव्य दिने कुरा हुन्थ्यो होला,’महामन्त्री शर्माले बैठकपछि भने ।