यसपालिको लिगलिगे दौड गजेन्द्र राईले जिते

तस्बिर: सुवास घिमिरेको फेसबुकबाट

काठमाडौं । नेपाली सेनाका गजेन्द्र राईले यसपालिको लिगलिगे दौड जितेका छन्।

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ५ चेपे घाटबाट लिगलिगकोटसम्म १३.८ किमी दौड उनले ५६ मिनेट ३६ सेकेन्डमा पार गरेका हुन्।

दौडिएर राजा हुने इतिहासलाई निरन्तरता दिँदै बुधबार ११ औं संस्करणको लिगलिगे दौड भएको थियो।

सेनाका राई पहिलो भएर एक लाख रुपैयाँ पुरस्कार जितेका छन्।

सेनाका नरेन्द्रसिं रावत लिगलिगे दौडमा दोस्रो भएका छन्। उनले ५६ मिनेट ५३ सेकेन्डमा दौड पूरा गरेका थिए। उनले ५० हजार रुपैयाँ पुरस्कार जितेका छन्।

अनिश थापाले ५८ मिनेट ३५ सेकेन्डमा दौड पूरा गरी तेस्रो भएको आयोजकले जनाएको छ। उनले २५ हजार रुपैयाँ पुरस्कार जितेका हुन्।