त्रिकोणात्मक टी-२० क्रिकेट : नेपाललाई तेस्रो सफलता, गुल्सन झाले विकेट

काठमाडौँ । काठमाडौँको मुलपानी क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी-२० क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) को तेस्रो विकेट लिएको छ । यूएईको तेस्रो विकेट नेपाली बलर गुल्सन झाले लिएका हुन् ।

गुल्सनले यूएईका कप्तान मुहम्मद वसिमलाई १७ रनको ब्यक्तिग स्कोरमा कुशल भुर्तेलद्वारा क्याच गराएका हुन् । ६.१ ओभरमा वसिम आउट हुँदा यूएईले ३२ रन बनाएको छ ।

नेपालले टस जिती पहिले फिल्डिङ गर्ने निणर्य लिएको थियो । त्रिकोणात्क शृंखलामा तेस्रो राष्ट्रको रुपमा हङ्कङको सहभागिता रहेको छ । निकट भविष्यमा हुने टी-२० विश्वकप छनोट प्रतियोगिताको तयारीका क्रममा त्रिकोणात्मक शृंखला खेल्न लागिएको हो ।