चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठ अस्वस्थ, अस्पताल भर्ना

काठमाडौं ।  बीआरआई सम्मेलनमा भाग लिन चीन भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् ।

आज बिहान अचानक छाती दुखेपछि उनी बेइजिङिस्थत अस्पतालमा भर्ना भएका हुन् ।

उनलाई के भएकाे हाे भन्नेबारे स्वास्थ्य परीक्षण रिपाेर्ट आएपछि मात्रै थाहा हुने सचिवालयका एक सदस्यले बताए ।

‘उपचार भइरहेकाे छ । के भएकाे हाे भनेर रिपाेर्ट आएपछि थाहा हाेला’, ती सदस्यले भने ।