यू-९१९ प्रिमियर कप : साउदीविरुद्ध अर्जुन कुमालको दमदार शतक, १४२ रनमा आउट

काठमाडौं । मलेसियामा एसीसी जारी यू-१९ प्रिमियर कपमा नेपालका अर्जुन कुमालले दमदार शतक प्रहार गरेका छन् ।

मलेसियाको युगसडी युकेएम ओभलमा जारी समूह चरणको अन्तिम खेलमा साउदीविरुद्ध ब्याटिङ गरेका अर्जुनले दमदार शतक प्रहार गरे ।

उनले दीपक बोहोरा र आकाश त्रिपाठीसँग ठूलो अंकको साझेदारी गर्दै शतक प्रहार गरेका हुन् ।

आक्रामक ब्याटिङ गरेका अर्जुनले १११ बलमा १७ चौका र २ छक्का प्रहार गर्दै १४२ रनमा आउट भएका छन् ।