काठमाडौं । विश्वकपको २६औं प्रतिस्पर्धामा दक्षिण अफ्रिकाले पाकिस्तानलाई १६ बल बाँकी छँदै ४७ दशमलव २ ओभरमा एक विकेटले पराजित गरेको छ । पाकिस्तानले पहिले ब्याटिङ गर्दै २ सय ७० रन बनाएको थियो ।
प्रतिस्पर्धा अन्तिम समयसम्म रोचक रह्यो । दक्षिण अफ्रिकाका ब्याट्सम्यान मारक्रामले ९३ बलमा सर्वाधिक ९१ रन बनाए ।
आईसीसी क्रिकेट वर्ल्ड कप अंक तालिकामा १० अंकका साथ दक्षिण अफ्रिका शीर्ष स्थानमा छ । १० अंक नै जाेडेकाे भारत दोस्रो स्थानमा र चार अंकका साथ पाकिस्तान छैठौं स्थानमा छ ।
रोचक त के भने, पछिल्लो २४ वर्षमा दक्षिण अफ्रिकी टिमले विश्व कपको कुनै पनि फर्म्याटमा पाकिस्तानलाई हराउन सकेको थिएन । सन् २०१५ र २०१९ को वान डे विश्व कपमा पनि पाकिस्तानले दक्षिण अफ्रिकालाई हराएको थियो ।
Add Comment