किन रिसाएर निस्किए मेयरर्स फोरमबाट बालेन

काठमाडौं । काठमाडौं महागनरपालिकाका मेयर बालेन मेयरर्स फोरमको वैठकबाट रिसाएर निस्किएको भन्दै अहिले सामाजिक सञ्जाल तथा सञ्चारमाध्यहरुले प्राथमिकताका साथ प्रचार प्रसार गरे पनि मेयर बालेनले त्यसलाई विषयान्तर गरेको बताएका छन् ।

मेयर बालेनले आफूले कसैको पनि अपमान नगरेको र विगतमा निर्णय भईसकेको प्रस्ताव राखिएकाले सो विषयमा बोल्न खोज्दा नदिएपछि वैठकबाट बाहिरिनु परेको सामाजिक सञ्जाल फेसबुक पेज मार्फत जानकारी दिएका छन ।
मेयर बालेनले विगतमा फोहोर व्यवस्थाप गर्नका लागि निजी कम्पनी नेपवेष्टलाई फोहोर उठाउन नदिने निर्णय भइसकेको भएपनि १७ वटा नगरपालिकाले निजी कम्पनीसँग पैसा खाएर पुन सोही कुराको एजेण्डा ल्याएको र आफूलाई बोल्न नदिएका कारण बाहिरिनु परेको बताएका छन् ।

बालेनले सामाजिक सञ्जाल मार्फत भनेका छन्, ‘नेताज्यूहरुले त देश नै बेच्न खोजिसक्नु भयो तर काठमाडौँ महानगर बिक्रीमा छैन । तपाईंहरुले पुरै देश नै बेच्नु भयो भने पनि काठमाडौँ एक्लै भए पनि नेपाल भनेर उभिनेछ ।’