भूकम्पबाट रुकुम पश्चिमका घाइते र प्रभावितहरुलाई प्रधानमन्त्री प्रचण्डलेभेटेर दिए सहानुभुति

१८ कात्तिक, काठमाडौं । रुकुम पश्चिमका भूकम्प पीडितलाई भेटेर प्रधानमन्त्रीले सरकार साथमा रहेको बताएका छन् ।

सरकारले खोज, उद्धार र उपचारलाई व्यवस्थित गरिरहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले नआत्तिन घाइते र प्रभावितलाई आग्रह गरेका हुन् । भूकम्पले गरेको क्षतिप्रति हामी दुस्खी छौं । सरकारले तपाईंहरुको लागि उद्धार, राहात र अन्य विभिन्न कार्यक्रम गर्ने छ । तपाईंहरु नआत्तिनु होला,’ उनले भने ।

भूकम्प गएको थाहा पाउने वित्तिकै उद्धारको काममा कुनै कसर बाँकी नराख्ने योजनाका साथ सरकार लागि परेको उनले बताए ।

भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम पुगेका प्रधानमन्त्री प्रचण्डले विभिन्न अस्पताल पुगेर पीडितरहरूलाई भेटेका छन् ।

प्रधानमन्त्री चढेकै सेनाको हेलिकप्टरबाट घाइतेको उद्धारसमेत गरिएको छ । रुकुम आउँदा पनि प्रचण्ड चढेको हेलिकप्टरमा जाजरकोटका घाइतेलाई चौरजहारी अस्पतालमा ल्याइएको थियो । भूकम्पले रुकुमको आठविसकोट नगरपालिकामा ठूलो मानवीय क्षति भएको छ । त्यस आसपासका स्थानीय तहमा पनि क्षति भएको छ ।